दफा १४
कार्यकारी प्रमुखको काम, कर्तव्य र अधिकार
(१) यस ऐनमा लेखिएका अन्य काम, कर्तव्य र अधिकारका अतिरिक्त कार्यकारी प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ –
(क) बोर्डको बैठकमा पेश गरिने प्रस्तावहरुको सूची तयार गर्ने,
(ख) बोर्डमा प्राप्त भएका प्रस्तावहरुको सूची तयार गरी मूल्याङ्कन सहित बोर्ड समक्ष पेश गर्ने,
(ग) बोर्डबाट भएका निर्णय तथा निर्देशन कार्यान्वयन गर्ने,
(घ) बोर्ड तथा कार्यालयको वार्षिक बजेट र कार्यक्रम तयार गर्ने र स्वीकृतिका लागि बोर्ड समक्ष पेश गर्ने,
(ङ) बोर्डबाट कार्यान्वयनको लागि स्वीकृत परियोजनाहरुको कार्यान्वयनको अनुगमन, समीक्षा, मूल्याङ्कन गर्ने वा गराउने,
(२) कार्यकारी प्रमुखको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।